राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृह-मन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन्।
बालुवाटार स्रोतका अनुसार सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्। प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन्।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भर्खरै नागरिकता लिएकाले गृहमन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका थिए। माओवादी केन्द्रभित्र रास्वपालाई गृहमन्त्रालय दिन नहुने पक्षमा अधिकांश नेताहरू रहेका छन्।
प्रतिक्रिया दिनुहोस