धादिङ १६ माघ
धादिङको सिद्धलेक गाउँपालिका–६ कुम्पुर परेवाटारमा भएको श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञबाट १ करोड ३४ लाख रकम संकलन भएको छ ।
विश्व भागवत धाम कोष नेपाल परेवाटरको आयोजनामा माघ ८ गतेदेखी परेवाटारमा अवस्थित लक्ष्मी नारायण मन्दिर प्राङ्गणमा चण्डेश्वर शिव मन्दिर,चण्डिकादेवी एवम बिशाल धर्मशाला निर्माणार्थ आयोजित संगितमय श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञ एवम परेवाटार धार्मिक महोत्सवको सोमबार समापन गरिएको हो ।
सोमबार अभिषेक, पूर्णाहुती, शान्तिकलश वितरण,दाता सम्मान गर्दै महायज्ञको समापन गरिएको श्रीमद भागवत सप्ताह एवं परेवाटर धार्मिक महोत्सव व्यवस्थापन मूल समितले जनाएको छ । महायज्ञबाट १ करोड ३४ लाख ४४ हजार रकम संकलन भएको छ ।
धाम निर्माणको लागि बेनिघाट रोराङ गाउँपालिकाले २० लाख दिने भएको छ । सोमबार महायज्ञ समापन समारोहलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष बिबेक थपलियाले २० लाख सहयोग गर्ने घोषणा गर्नुभएको होे ।
दान अहिले नगरे कहिले गर्ने, हामिले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने भन्ने मुल मन्त्रको साथ भएको भागवतको कथा वाचन बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले गर्नुभएको थियो । महायज्ञमा २१ हजार भन्दा माथि दान गर्नेहरूको नाम शिलालेखमा लेखिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस