धादिङ १३ माघ
मैदिकोट विराट धार्मिक महोत्सव २०७९ भव्यताका साथ उद्घाटन भएको छ । शुक्रबार भव्य कार्यक्रमकोबिच मैदीकोट खड्गदेवी मन्दिर संरक्षण समितीका अध्यक्ष रामजी श्रेष्ठको अध्यक्षता नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिवी अर्याल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको विशेष अतिथिमा बौद्धिक सनातन धर्म संस्कृत जगत जननी शिवशक्ति स्वरुप माता श्री कल्याणी , व्यासाचार्य सविनादेवी माता ज्यू , उपव्यासाचार्य अर्जुन भटराई , गाउँपालिका भरिका वडा अध्यक्षहरुको रहेको थियो ।
कार्यक्रलाई सम्बोधन गर्दै मैदिकोट मन्दिरलाई संरक्षण संवद्र्धन गरि पर्यटकीय क्षेत्र बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । आफु मन्त्री सांसदको कार्यकाल रहँदा राम्रो गर्न नसकुला तर नराम्रो भने कहिलेपनि नगर्ने अठोट राखेको स्पष्ट पार्दै धर्म संस्कार संस्कृति संगै ऐतिहासिक क्षेत्रलाई स्थानीय तहले प्राथमिकतामा राखेर कार्य गर्न आग्रह गर्नुभयो । सिमित स्रोत साधन असिमित आवश्यकता भएको नेपालमा दिगो बिकास र संबृद्धिको लक्ष्य लिएर अगाडि बढिरहेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथिहरुद्धारा धार्मिक प्रवचन दिनुभएको थियो ।
स्थानीय तहका जन निर्वाचित जनप्रतिनिधीहरुले मैदिकोट मन्दिर संरक्षणमा आवश्यक सहयोग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिङगो धादिङको सर्वाङगीङ बिकासमा मन्त्रीको ध्यान जान अनुरोध समेत गर्नुभयो ।
मैदिकोट जाऔँ ऐतिहाँसिक मन्दिर संरक्षणमा योगदान पुर्याउ भन्ने मुलनाराका साथ शुक्रबार कलशयात्रा संगै हजारौँ संख्याको जनसहभागिताको बिच उद्घाटन भएको महोत्सव यहि माघ १५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस