धादिङ १५ भाद्र
धादिङको ज्वालामूखी गाउँ पालिका ६ धौँखोलामा बोलेरो जिप दुर्घटना भएको छ । खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ४/५ मिटर तल खसेको हो । दुर्घटनाबाट गाडीमा सवार १५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १३ जना सामान्य र २ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सामान्य घाइते भएकाहरुलाई जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका ज्वालामुखी गाउँ पालिका ५ खरीका बर्ष ३१ को राम बहादुर दुवाडी र बर्ष ६५ की काली गुरुङलाई ट्रमा सेन्टर काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुको नामावली
धादिङ ज्वालामुखी गा.पा ५ खरी बस्ने अन्दाजी बर्ष २९ को सोम बहादुर मग्राती‚ अबस्था सामान्य
सोही ठाउँ बस्ने अन्दाजी बर्ष २२ की लक्ष्मी रोक्का‚ अबस्था सामान्य
सोही ठाउँ बस्ने अन्दाजी बर्ष १२ को रमेश रोक्का‚ अबस्था सामान्य
सोही ठाउँ बस्ने अन्दाजी बर्ष २५ की गीता रोक्का‚ अबस्था सामान्य
सोही ठाउँ बस्ने अन्दाजी बर्ष २२ को धन बहादुर दुवाडी‚ अबस्था सामान्य
सोही ठाउँ बस्ने अन्दाजी बर्ष ६ की रोचिता गुरुङ‚ अबस्था सामान्य
सोही ठाउँ बस्ने अन्दाजी बर्ष १० की सरिता रोक्का‚ अबस्था सामान्य
सोही ठाउँ बस्ने अन्दाजी बर्ष १० की पार्वती नेपाली‚ अबस्था सामान्य
सोही ठाउँ बस्ने अन्दाजी बर्ष ५० कि देव कुमारी थापा मगर, अबस्था सामान्य
सोही ठाउँ बस्ने अन्दाजी बर्ष ५० मायादेवी आले रोक्का‚ अबस्था सामान्य
सोही ठाउँ बस्ने अन्दाजी बर्ष १० को सुनिल बालकोटी‚ अबस्था सामान्य
सोही ठाउँ बस्ने अन्दाजी बर्ष १७ कि सरस्वती गुरुङ‚ अबस्था सामान्य
नीलकण्ठ नगरपालिका२ साखु बस्ने बर्ष १३ कि सिर्जना नेपाली‚ अबस्था सामान्य
काठमाण्डौ रिफर भएका घाईतेहरु :
ज्वालामुखी गाउँ पालिका ५ खरीका अन्दाजी बर्ष ३१ का राम बहादुर दुवाडी
सोही ठाउँ बस्ने अन्दाजी बर्ष ६५ की काली गुरुङ, टाउकोमा चोट
प्रतिक्रिया दिनुहोस