धादिङ १३ माघ
धादिङको नीलकण्ठ नगरपालिकामा रास्ट्रपती रनिङ शिल्ड प्रतियोगिताशुक्रबारवाट सुरु भएको छ ।
नीलकन्ठ नगरपालिकाका कार्यपालिका सदस्य चिनीमाया श्रेष्ठको अध्यक्षता नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मको प्रमुख आतिथ्यतामा उद्घाटन सम्पन्न भएको हो । कार्यक्रमको विशेष अतिथिमा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङ,पुर्व अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ,गोर्खाली,नीलकण्ठ नगरपालिकाका सल्हाकार दिपक कोइरला लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि दिपक विश्वकर्मले खेलकुद एउटा बहुआयामिक र बहुप्रतिभाको क्षेत्र भएकाले राज्यको तिनै तह सरकारले बिकास गर्न आवश्यक रहेको बताउदै खेलक्षेत्रको बिकासमा नीलकण्ठ नगरपालिकाले सक्दो पहल गरिरहेको बताउनुभयो । उहाँले विश्व विख्यात फुटवलर पेलेको सम्झना गर्नुहुदै राष्ट्रको परिचय व्यतिmत्व विकास र शारिरीक मानसिक विकास गरि राट्रियताको भावना उजागर गर्ने स्पष्ट पार्नुभयो ।
उहाँले खेलकुद विधामा सहभागीता जनाउने सम्पुर्ण विद्मार्थी खेलाडीहरुलाई अनुशासित र इमान्दारीताका साथ खेल प्रस्तुत गरिदिनुहुन समेत आग्रह गर्नुभयो ।
त्यस्तै विशेष अतिथि प्रताप सिं तामाङले जिल्लाभरिनै सम्पन्न हुने राष्ट्रपति रनिङ शिल्ड धादिङको १३ वटै स्थानीय तहले उत्सवको रुपमा मनउन आग्रह गर्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जिल्लाको शान्ति सुरक्षा सहित हरेक क्षेत्रको संयन्त्रमा आफु लागिरहने प्रतिबद्धता व्यक्त गर्नूभयो ।
धादिङको पुछार बजारदेखी जिल्ला कर्वडहल खेल मैदान सम्म वृहत मार्चपास र्यालीका साथ उद्घाटन गरिएको हो ।
नीलकण्ठ नगरपालिकाभित्रको ३२ माध्यमिक विद्यालय सहभागिता रहेको प्रतियोगितामा ५ वटा विधामा खेल सञ्चालन हुने आयोजकले जनाएको छ । खेलको समापन भने आउदो आईतबार हुने छ ।
प्रतिक्रिया दिनुहोस