धादिङ १२ माघ
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको २५ औँ रजत जयन्ती महोत्सव सम्पन्न भएको छ । विहीबार एक कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षता नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको विशेष अतिथिमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठको रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै सभाध्यक्ष विनोदमान श्रेष्ठले विद्यालयको स्थापनाकालदेखि हालसम्मको प्रगती तथा चुनौतीको वर्णन गर्नुभएको हो । अभिभावक र विद्यालय नङ र मासुको जस्तै सम्बन्ध हुने बताउदै हालसम्मका विद्यालय सञ्चालन गतिविधीमा अविभावकको सल्हासुझाव लिएर आफुले निर्णय गरिरहेको बताउनुभयो । वर्तमान समयमा समय सापेक्षा पठनपाठन गरि जिल्लाको नमुना विद्यालयको रुपमा रहेको बताउदै स्थानीय सरकारले निजी विद्यालयहरुलाई पनि आवश्यक सहयोग गर्नुपर्ने माग राख्नुभयो ।
त्यस्तै प्रमुख अतिथि दिपक विश्वकर्मले सैद्धान्तिक शिक्षा भन्दा व्यवाहरिक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । एउटा शिक्षण संस्थाले हजारौँ प्रतिभा जन्माईरहेको बताउदै शिक्षा जीवनको ज्ञानको ज्योती भएकाले आधुनिक तथा प्राविधिक शिक्षाको बिकास गरि शिक्षाको गुणस्तर बढाउदै लैजानुपर्ने बताउनुभयो । शिक्षालाई बेरोजगारको भट्टी नबनाएर रोजगारको कारखाना बनाउनेतर्फ बिकास गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो । नीलकण्ठ नगरपालिकाले शिक्षा बिकासलाई प्राथमिकतामा राखेर काम गरिहेको र निजी विद्यालयको बृद्धि बिकासमा आवश्यक सहयोग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै विशेष अतिथि हरि बहादुर श्रेष्ठले शैक्षिक गतिविधीमा चिल्ड्रेनपार्क आवासीय विद्यालय जिल्लाकै पस्किृत शैक्षिक संस्थाको रुपमा आफुलाई अब्बल सावित गरेकोमा खुसी व्यक्त गर्दै नयाँ खालका स्रोत र प्रबिधिहरु थप्दै जानुपर्ने बताउनुभयो । आफ्नो बालबच्चालाई विदेश पठाउदै गर्दा अविभावक गर्व गर्ने प्रवृद्धिलाई हटाउन स्वादेशमै स्वरोजगार बन्ने आधारका प्राविधिक तथा व्यवाहरिक शिक्षा बिकासमा सबै संयन्त्र लाग्नुपर्ने बताउनुयो ।
कार्यक्रमकै अवसर पारेर अविभावक नृत्य प्रतियोगीता पनि सम्पन्न भएको छ । कुल ६ जनाको नृत्य प्रतिश्पर्धा रहेकोमा कल्पना तामाङ प्रथम , लक्ष्मी थापा द्धितिय , निर्मला सुस्लिङ तृतिय र सान्वनामा अस्मिता ठकुरी रहेको थियो । प्रतियोगितामा प्रथम दितिय तृतिय हुनेलाई क्रमस ५ हजार , ३ हजार , २ हजार , र एक हजार सहित सहभागीलाई समेत प्रमाणपत्र,मायाँको चिनोद्धारा सम्मान गरेको थियो । कार्यक्रमकै बिच लामो समयसम्म कार्यरत शिक्षक कर्मचारीहरुलाई दोसल्ल तथा सम्मानपत्र प्रदान गरि सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाइ धादिङका प्रमुख,नीलकण्ठ क्याम्पसका प्राध्यपकहरु,पुर्व शिक्षक शिक्षिकाहरु,विभिन्न विद्यालयका प्र.अ तथा प्रतिनीधीहरु,विभिन्न संघसंस्थाका प्रतिनिधीहरु,प्याब्सनका प्रतिनिधीहरु,पत्रकार तथा विद्यालय संञ्चालक समिती , अभिभावहरुको उल्लेख्य सहभागिमा विद्यालयका विद्यार्थीहरुले बृहत नृत्य पर्दर्शन गरि कार्यक्रमको समापन गरिएको थियो ।
२०५४ सालमा स्थापित विद्यालय प्ले ग्रुप देखि स्नातक तहसम्मको पठनपाठन गरिहेको छ , ७९ जना कर्मचारी रहेको विद्यालयमा करीव १ हजार तीन सयको संख्यामा विद्यार्थीहरु अध्ययन गरिरहेकोछन् ।
नेपालमा पछिल्लो समयमा सरकारले सामूदायिक विद्यालयहरुमा भौतिक तथा प्राविधिक बिकासमा प्राथमिकता दिदै गर्दा राज्यको तिनै तह सरकारले निजी विद्यालयमा पनि आवश्यक सहयोग , शिक्षण तालिम तथा डिजीटल प्रविधी बिकासमा जोड दिन आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस