धादिङ १४ भाद्र
पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ६२६३ को जनक्रान्तीले सबै जातजातीलाई समान गरेकोले कसैले कसैलाई भेदभाव गर्न नहुने बताउनु भएको छ । दलित समाज नेपालले आयोजना गरेको बृहद नौमती पञ्चैबाजा महोत्सवको उद्घाटन गर्न धादिङ आइपुग्नुभएका नेता खनालले यस्तो बताउनु भएको हो । यस्तै नेपालको अहिलेको संबिधान अत्यन्तै लोकतान्त्रिक भएकाले सबै वर्ग जाती, लिङ्ग, समुदायलाई समेटेकाले हाम्रो संविधान राम्रो संविधान भएको टिप्पणी गर्नु भयो । पर्यटन प्रबद्र्धन र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दलित समाज नेपालको आयोजनामा भएको नौमती पञ्चैबाजा महोत्सव तथा प्रतियोगिता संस्थाका अध्यक्ष बसन्त परियारको सभापतित्व तथा पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि खनालले दमाहा बजाएर उद्घाटन गरेको कार्यक्रममा संघिय सांसदहरु खेम लोहनी, भूमि त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, नेकपाका नेता गुरु बुर्लाकोटी, राम बहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी प्रमुख राजकुमार बैदवार, दलित आन्दोलनका अगुवाहरु, पत्रकार एवं प्रतियोगितामा प्रतिस्पर्धी बाजा समुहहरु लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा न्यू पञ्चकन्या नौमती बाजा समुह, त्रिपुरासुन्दरी पञ्चैबाजा समुह, भोर्लेे पञ्चैबाजा समुह, राम्चे पञ्चैबाजा समुह, नमस्ते नेपाल पञ्चैबाजा समुह र खनियाबास पञ्चैबाजा समुह गरि ६ वटा बाजा समुहको सहभागिता रहेको थियो । जसमा खनियाबास पञ्चैबाजा समुह प्रथम, त्रिपुरासुन्दरी पञ्चैबाजा समुह द्वितीय र नमस्ते नेपाल पञ्चैबाजा समुह तृतिय भएका छन् । प्रतियोगिताबाट प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमश : ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । साथै सहभागि सबै समुहलाई प्रोत्साहन स्वरुप नगद रु २/२ हजार प्रदान गरिएको संस्थाका अध्यक्ष बसन्त परियारले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस