धादिङ १० माघ
बेनीघाट रोराङ गाउँपालिका धादिङले सहिद तथा बेपत्ता परिवारहरुलाई प्रति परिवार ५० हजार दिने भएको छ । गाउँपालिका भित्रका सहिद तथा वेपत्ता परिवारहरुलाई आय आर्जनका लागि प्रति परिवार ५० हजार दिने निर्णय गरेको हो ।
गाउँपालिका भित्र २७ जना सहिद तथा वेपत्ता परिवार रहेका छन् । मंगलबार सहिद तथा बेपत्ता परिवारहरुलाई आय-आर्जनका लागि क्षमता अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाले उपलब्ध गराउने उक्त रकमको सहि सदुपयोग कसरी गर्ने लगायतका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले सहिद तथा वेपत्ता परिवारहरुलाई दैनिक आयआर्जन सहयोग गर्ने उदेश्यले रकम उपलब्ध गरिएको बताउनुभयो । उक्त रकम के कसरी उपयोग गरेको छ भन्दै गाउँपालिकाले अनुगमन गर्ने बताउनुभयो । अध्यक्ष थपलियाले अनुगमन गरिने भएकोले रकमको सहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
त्यस्तै उहाँले गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने बताउदै सर्त अनुसार काम नगर्नेहरुलाई अर्को वर्ष देखि सहयोग नगर्ने बताउनुभयो ।
कृष्ण बहादुर थपलिया बाईट…
पहिलो चरणको कार्यक्रम अध्यक्षद्धारा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भईसकेको छ । दोस्रो चरणको कार्यक्रममा आय आर्जनका लागि सहिद तथा बेपत्ता परिवालाई प्रति परिवार ५० हजार वितरण र तस्रो चरणको कार्यक्रममा सहिद परिवार सम्मान कार्यक्रम रहको छ ।
प्रतिक्रिया दिनुहोस