माघ ९ गते सोमबार
धादिङ
थ्री डि युवा क्लब विदुर ९ कोलिनीमा २८५९ औं ह्योयी तावर ल्हो अर्थात बिरालो वर्गको अवसरमा सोनाम ल्होछारको अवसरमा हिजो आइतबार गरेको वृहत सांस्कृतिक कार्यक्रमका साथमा झाँकी नाच घोडा नाच लगायत बिभिन्न कार्यक्रमका साथ थ्री।डी को मैदानमा धुलो उडाउँदै, सम्पन्न गरेको हो।
“सोनाम ल्होछार प्रवर्द्धन, हाम्रो सांस्कृतिक अभियान” भन्ने मूल नारा बोकेर आयोजित गरिएको वृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि विदुर नगरपालिका का प्रमुख राजन लाल श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै बिभिन्न जाति, भाषा धर्म, कला र संस्कृतिले भरिपूर्ण रहेको देशमा तामाङ जातिको छुट्टै विशेषता र पहिचान रहेको बताउँदै तामाङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा, भाषा र आफ्नो पहिचान जोगाउनको निम्ति लोप हुदै गएको झाक्री नाच, घोडा नाच, प्रदर्शनमा राखिएको स्टलहरु बिभिन्न तामाङ आहार, परिकारहरु अनि कलात्मक ढंगले तामाङ पहिचान झल्काउने बस्तु कलाको संग्राहलयतका बस्तुहरु अवलोकन गरे पश्चात छन्द लामा लगायतको टिमलाई भुल्नै नहुने पात्र भन्दै धन्यवाद दिदै यस्ता कार्यक्रमहरुमा विगतमा पनि आफुले सघाउदै जाने र अझै क्लबको मैदानको स्तरोन्नतिमा नगर र आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे।
त्यसैगरी कार्यक्रममा विशेष अतिथिमा बिदुर नगरपालिका उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, प्रहरी उपनिरिक्षक रमेश पण्डित, नुवाकोट क्षेत्र नं २ ख तर्फबाट समानुपातिक उम्मेदार, प्रदेश सभा सदस्य नेतृ मिना वाइबा क्रमश अतिथिहरुमा उद्योग नुवाकोट वाणिज्य संघ को प्रवक्ता सबिन राज भण्डारी, बिदुर ९ को वडा अध्यक्ष हरिराम भण्डारी, नुवाकोट निर्माण व्यवसायी संघका सदस्य श्रीराम तामाङ, जिल्ला घेदुङ, नगर घेदुङका प्रतिनिधिहरु, क्लबका पुर्व अधक्ष्य, सल्लाहकारहरु लगायत विभिन्न संघसंस्थाका पदाधिकारी र सर्वसाधारणको उपस्थिति रहेको थियो, कार्यक्रममा शुभकामना मन्तब्य राख्न्ने क्रममा अतिथिहरुले थ्रीडी युवा क्लब थोरै समयमानै धेरै फड्को मारेको र क्लबका कारण समाजमा धेरै परिवर्तन आएको भन्दै राम्रा कार्यहरुको खुलेर प्रसंशा गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष तथा ल्होछार मूल रमारोहका संयोजक सुप्पल ्तामाङले तामाङ संस्कार र संस्कृतिको विकास र जगेर्ना गर्न यस्तो कार्यक्रम बर्षेनी आयोजना गर्दै आएको बताउँदै उपस्थित सबैलाई धन्यवाद आभार व्यक्त गर्दै औपचारिक कार्यक्रम लाई विसर्जन गरेका थिए ।
करिब दिउसो १ बजेदेखि निरन्तर संचालनमा रहेको कार्यकम बेलुकी ८ बजे सम्पन्न भएको थियो र कार्यक्रममा उपस्थित अतिथिहरु र दर्शकलाई आमन्त्रित अतिथि कलाकार र स्थानीय कलाकारहरुले तामाङ समुदायमा प्रचलित म्हेन्दो माया सेलो गीत, साथै आधुनिक पप गीत संगीत र नृत्य दुवै किसिमको बेजोडको प्रस्तुतिका साथ भरपुर मनोरञ्जन दिएका थिए हेर्न नाच्न रहर नमेटिएका युवाहरुको समुहले छिट्टै कार्यक्रम बन्द गरेको भन्ने गुनासो समेत गरेका थिए भने यता आयोजक टिमले भने सामाजिक सुरक्षा पक्षलाई मध्यनजर गर्दै बेलैमा कार्यक्रम सफलता पूर्वक कार्यक्रम समापन भएको बताए।
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान शाखा नुवाकोटका संस्थापक अधक्ष्य समेत रहेका कलाकार दामोदर खतिवडाको साथमा कलाकार तथा संचारकर्मी सविना तामाङले संयुक्त रुपमा अत्यन्त सौहार्दपूर्ण कार्यक्रम संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस