धादिङ ०८ माघ
धादिङ सहित देशैभर बिविध बृहत सांस्कृतिक कार्यक्रमका साथ सोनाम ल्होछार मनाईएको छ । आईतबार नेपाल तामाङ घेदुङ धादिङको आयोजनामा २८५९ औँ सोनाम ल्होछार शुभकामना आदानप्रदान, बधाई, सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल तामाङ घेदुङ धादिङका कार्यवाहक अध्यक्ष सुक तामाङको अध्यक्षता रहेको कार्यक्रममा पुर्व गृहमन्त्री तथा संघिय सांसद बुद्धिमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष सोम्बोले तामाङ अक्कल को विशेष आतिथ्यता रहेको थियो ।
ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै पुर्व गृहमन्त्री तथा संघिय सांसद बुद्धिमान तामाङले तामाङ संस्कृति, भेषभुषा, परम्परा, पहिरनको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा बसोबास गर्ने सबै जातजातिका समुदायका मौलिक चाडपर्व तथा संस्कृति नेपालको विशेषता रहेको उल्लेख गर्दै सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
यस्तै केन्द्रिय उपाध्यक्ष सोम्बोले तामाङले ल्होछार पर्वलाई नयाँ उत्सवको रुपमा लिएर नँया उत्पादनको लागि बिउँ बिजन छर्ने उत्सव भएको बताउनुभयो । तामाङ संस्कृतिलाई सरकारले बेवास्ता गरेको भन्दै नेपाल तामाङ घेदुङले तामाङको भाषा, संस्कृति, पहिचानको जगेर्ना गर्न विभिन्न प्रयासहरु गरिरहेको उँहाको भनाई छ ।
कार्यक्रममा तामाङ जनप्रतिनीधि लगायत तामाङ कलाकारहरुलाई सम्मान गरिएको थियो । यस्तै, कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो भने बृहत सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।
यस्तै ल्होछारको अवसरमा बृहत खृल्ला रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । जसमा १ जना महिला र ७ जना पुरुष गरि ८ जनाले रक्तदान गरेका छन् ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष शुरु हुन्छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस