धादिङ ०७ माघ
नेपाल रेडक्रस सोसाईटी नीलकण्ठ उपशाखाको सभापतिमा सोमनाथ नेपाल चयन हुनुभएको छ । शनिबार नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको हलमा सम्पन्न १८ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले नेपालको सभापतित्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपसभापतिमा मुना गोतामे, सचिवमा अमृत अधिकारी, उप–सचिवमा दयाराम लम्साल, कोषाध्यक्षमा किरण कुमार श्रेष्ठ, उप– कोषाध्यक्षमा गर्भे मिजार चयन हुनुभएको छ ।
त्यस्तै महिला सदस्य तर्फ गायत्री खतिवडा, सदस्यहरुमा शिवराज सापकोटा, महेन्द्र धमला, सानुबाबु बराईली र राजन अधिकारी चयन हुनुभएको छ ।
नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापति नारायण तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४ वर्षे कार्यकालको सांगाठानिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरि सुझाव सहित पारित सेमत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस