वरिष्ठ संवाददाता कृष्ण बहादुर लामिछाने
नेपाल रेडक्रस सोसाईटी फुलखर्क उपशाखा गंगाजमुना गाउँपालिका-५ धादिङको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै रेडक्रसको महिमालाई प्रकाश पार्दै फुलखर्क उपशाखाले स्थापना कालदेखी हाल सम्म मानवीय सेवा र विपदमा उत्कृष्ट कार्य सम्पादन गरेको र आगामी दिनमा प्राथमिक उपचार तालिम जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कल पुर्नगठन र परिचालनगरि पालिका भरिका उपशाखालाई नियमन गर्ने निकायको रुपमा विकसित गराउन अनुरोध गर्नुभएको छ ।
यस्तै गंगाजमुना गाउँपालिका ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले मानविय सेवामा सबै जना लाग्न र शाखाले आपत्कालिन राहत तथा उद्धार सामाग्री व्यवस्थापन गर्न र संस्थाको कार्यक्रम पारदर्शि, चुस्तदुस्त राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपशाखाको कोषाध्यक्ष हस्त बहादुर सिंखडाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव नवराज अधिकारीले विपद्मा राहत प्रदान गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उपशाखाका साधारण सभाको अवसरमा संस्थापक सदस्य बल बहादुर अधिकारी र राजकुमार कार्कीलाई सम्मान गरिएको छ ।
सो अवसरमा अर्जुन सापकोटा, मान बहादुर बोहोरा, अमित अधिकारी, उर्मिला हमाल र उदय बहादुर गुरुङले आजिवन सदस्यता लिनुभएको छ ।
नेपाल रेडक्रस फुलखर्क उपशाखाका अध्यक्ष चेतनाथ तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नं ५ का अध्यक्ष कुमार बहादुर अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
कर्यक्रममा गंगाजमुना गाउँपालिकाका शिक्षा अधिकृत मान बहादुर बोहोरा, स्वास्थ्य संयोजक दिपक अधिकारी, लेखा अधिकृत अर्जुन सापकोटा लगायत संस्थाका आजीवन सदस्यहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस