धादिङ ०७ माघ
धादिङमा भईरहेको खेलकुद गतिविधि सम्बन्धी जिल्ला खेलकुद संघ संगठनहरु बीच धादिङवेसींमा छलफल भएको छ ।
शनिबार धादिङ जिल्ला खेलकुद विकास समिती धादिङको आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा धादिङमा भएका जिल्ला खेलकुद संघ संगठनहरुका प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएका खेलकुद, खेल क्षेत्रमा भएका समस्या, चुनौति, सम्भावना तथा भावी योजना लगायतका विषयमा रिपोर्टिङ गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै धादिङ जिल्ला खेलकुद विकास समितीका अध्यक्ष प्रताप सिंह तामाङले धादिङमा खेलकुदलाई प्रयाप्त खेलमैदान उपकरण स्रोत साधन र प्रयाप्त बजेटको कमीका बाबजुद पनि खेल क्षेत्रमा अब्बल रहेको बताउनुभयो ।
जिल्लामा खेलकुदको विकास गर्न जिल्ला खेलकुद संघ संगठनहरु बीच सहकार्य हुनुपर्ने अध्यक्ष तामाङको भनाई छ । उहाँले राष्ट्रिय झण्डाको प्रतिनिधित्व खेलाडीले गर्ने भन्दै खेलकुदमा राजनितीकरण नगर्न पनि अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस