धादिङ ०६ माघ
प्रथम बागमती प्रदेश प्याब्सन परिषद् भेला आजबाट धादिङबेशीमा सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपालको (प्याब्सन) प्रदेश कार्य समिति बागमती प्रदेशको आयोजनामा भेला सुरु भएको हो ।
प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुङ्गानाले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । १३ वटै जिल्लाको ब्यानर तथा झण्डा सहित पुछार बजारबाट सुरु भएको ¥याली सिरान बजार स्थित क्रिक रिसोर्ट पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा धादिङ बेसी स्थित निजी तथा आवासीय विद्यालयका शिक्षक, विद्यार्थी तथा बागमती प्रदेश भित्रका प्याब्सनका प्रतिनिधहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै प्याब्सन प्रदेश कार्य समिति बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले निजी विद्यालयका समस्या, सम्भावना र वृद्धि विकासका बारेमा छलफल गर्ने उद्धेश्यले उक्त भेला आयोजना गरिएको बताउनुभयो ।
यस्तै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले निजी विद्यालयले राज्यको शिक्षाको गुणस्तर बढाउन महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । राज्यले बनाएको मापदण्डहरु तथा निशुल्क छात्रावृत्ति ऐन निजी विद्यालयले कार्यान्वयन गरेको नदेखिएको भन्दै राज्यले बनाएको ऐन कानुनको पालना गर्न आग्रह गर्नुभएको छ ।
प्याब्सन प्रदेश कार्य समिति बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठको सभापतित्वमा रहेको कार्यक्रममा प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।
आज (माघ ३ गते ) बाट सुरु भएको प्याब्सनको प्रथम परिषद् भेला माघ ७ गते (भोली) सम्म जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस