धादिङ १३ भाद्र
नेकपा विप्लव माओवादीका ५ जना कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । नेकपा विप्लव समूहमा आवद्ध रहँदै आएका विप्लव समूहका कार्यकर्ताले कसैको करकापमा नपरी स्वेच्छापूर्वक कानुनको पूर्ण पालना गरी सामान्य जीवन यापन गर्ने प्रण गर्दै आत्म समर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेहरुमा विप्लव समूहका गल्छी गाउँ कमिटि सदस्य ध्रुव प्रसाद खनाल, श्याम बहादुर बयलकोटी, विष्णु प्रसाद खतिवडा, केशवराज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस