धादिङ ०५ माघ
प्रथम बागमती प्रदेश प्याब्सन भेला २०७९ धादिङमा हुने भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्रदेश कार्यसमिती बागमती प्रदेशले बिहिबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको विषयमा जानकारी गराएको हो । भेला माघ ६ गते धादिङ बेसी स्थित क्रिक रिसोर्टमा हुने आयोजक समितीले जानकारी दिएको छ ।
माघ ६ गते शुक्रबार १३ वटै जिल्लाको ब्यानर सहित प्रभात फेरी कार्यक्रम, सम्मान तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
भेलामा निजी विद्यालयका समस्या, सम्भावना र वृद्धि विकासका बारेमा छलफल गर्ने, गुणस्तरीय समय सापेक्ष र व्यावहारिक शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउने बारे बिचार विमर्श, प्याब्सन केन्द्रका नीति तथा कार्यक्रमलाई जिल्ला, पालिका हुदै विद्यालयसम्म पु¥याउन योजना बनाउने तथा परिषदले धादिङ घोषणापत्र जारी गर्ने कार्यतालिका रहेको आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस