धादिङ ०५ माघ
चण्डेश्वरी माध्यामिक विद्यालय नीलकण्ठ नगरपालिका -९ निगालपानी धादिङको ४५ औँ वार्षिकोत्सक, अभिभावक भेला तथा विद्याल भवन हस्तान्तरण एवं अतिथि सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार एक कार्यक्रमका बिच विद्यालयले स्थानीय तथा प्रदेशका नवनिर्वाचित सांसदहरुलाई सम्मान गरेको छ ।
विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष डिल्ली प्रसाद लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यता रहेको थियो भने समानुपातिक तर्फका प्रदेश सांसद शिवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गाना, उपप्रमुख दिपक विश्वकर्मा, जिल्ला समनवय समिती धादिङका उपप्रमुख कुलमान विश्कर्माको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिका प्रमुख ढुङ्गानाले आफुले यस विद्यालयको विकासका लागि सहयोग गदै आउको र आगामि दिनहरमा पनि आवश्यक थप सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
यस्ते उपप्रमुख दिपक विश्वकर्माले विद्यार्थीहरुलाई पढ्दै रोजगार गर्ने जस्ता अवसरहरु नगरपालिकाले ल्याउने तयाररी गरिहेको बताउनुभयो । नीलकण्ठ नगरपालीकामा बहुप्राविधिक शिक्षालय खुल्दा विद्यार्थीहरु अन्यत्र स्थानमा जानुपर्ने र लाखौँ खर्चेर पढ्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस