धादिङ ०५ माघ
कोकाकोला फाउन्डेसनद्धारा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको सहकार्यमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
बिहिबार एक कार्यक्रमका बिच कोकाकोला फाउन्डेसन मार्फत सशस्त्र प्रहरी बल धादिङ, जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङलाई ५०/५० प्याकेट फेस माक्स, स्यानिटाईजर ६० वटा, सर्जिकल ग्लोब्स ५, फेस शिल्ड २५, पेयर बुट्स १० वटा हस्तान्तरण गरेको छ ।
त्यस्तै, धादिङ अस्पताललाई ७० प्याकेट फेस माक्स, स्यानिटाईजर १ सय, सर्जिकल ग्लोब्स ४०, फेस शिल्ड २ सय, पेयर बुट्स ३५, सर्जिकल क्याप २५० वटा, पिपिई गाउन ५० वटा हस्तान्तरण गरेको छ ।
रगत संकलन केन्द्र (ब्लड बैंक) लाई ५० प्याकेट फेस माक्स, ६४ स्यानिटाईजर, सर्जिकल ग्लोब्स ४०, फेस शिल्ड ७५, पेयर बुट्स ३५, सर्जिकल क्याप २५०, पिपिई गाउन ५० वटा हस्तान्तरण गरेको छ भने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङलाई ३० प्याकेट फेस माक्स, स्यानिटाईजर ५६, ५ सर्जिकल ग्लोब्स , ५० वटा फेस शिल्ड लगायतका स्वास्थ्य सुरक्षा सामाग्री कोकाकोला फाउन्डेसनका प्रतिनिधि नर्मदा सिलवालले हस्तान्तरण गर्नुभएको हो ।
कोरोनाको नँया भेरियन्ट छिमेकी मुलुकमा माहामारीको रुपमा फैलिरहेको अवस्थामा कोरोना जस्ता रोगलाई नियन्त्रण गर्न स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको कोकाकोला फाउन्डेसनका प्रतिनिधि नर्मदा सिलवालले बताउनुभयो ।
यस्तै, कोकाकोला फाउन्डेसनले कोरोना महामारीमा फ्रण्टलाइनमा खटिएर स्वयंसेवकका रुपमा काम गर्नेहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुहुदै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका साभापति नारायण तिमल्सिनाले रगत संकलन केन्द (ब्लड बैंक) लाई फ्रिजको आवश्यकता रहेकोले उपलब्ध गराउन माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस