धादिङ ०३ माघ
धादिङको बेनिघाट रोराङ गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहिद स्मृति कप बृहत खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा सुरु भएको कार्यक्रमको उदघाटन जिल्ला खेलकुद विकास समिती धादिङका अध्यक्ष प्रतापसिंह तामाङले गर्नुभएको हो ।
प्रतियोगिताको पहिलो दिन मंगलबार भएको छात्रा तर्फको १०० मिटर दौड प्रतियोगितामा बासखर्क मा.वि. की शितल तामाङ प्रथम, ब्राइटफ्यूचर मा.वि की सुहाना श्रेष्ठ द्धितीय र हर्कपुर मा.वि की गिता भुजेल तृतीय भएकी छिन् ।
छात्र तर्फ १०० मिटर दौड प्रतियोगितामा राष्ट्रिय मा.वि का उज्वल डल्लाकोटि प्रथम, चन्द्रोदय मा.वि. विशालटारका सलमान तामाङ द्धितीय, ब्राइटफ्यूचर मा.वि का उमन सहनी तृतीय भएका छन् ।
यस्तै, भाला तर्फ छात्र चन्द्रोदय मा.वि विशालटारका सुकमित गुरुङ प्रथम, बागेश्वरी मा.वि का शिशिर शर्मा द्धितीय र राष्ट्रिय मा.वि का श्रीकृष्ण मगर तृतीय भएका छन् भने छात्रा तर्फ चन्द्रोदय मा.वि विशालटारकी अस्मिता सुनार प्रथम, राईजिङस्टार मा.वि की सोनिका बस्नेत द्धितीय र बागेश्वरी मा.वि की सम्झना प्रजा तृतीय भएकी छिन् ।
यस्तै, छेलो छात्रा तर्फ बासखर्क मा.वि की संगिता तामाङ प्रथम, चन्द्रोदय मा.वि विशालटारकी अप्सरा सुनार द्धितीय, चन्द्रोदय मा.वि बेनिघाटकी रिना धिमाल तृतीय भएकी छिन् भने छात्र तर्फ चन्द्रोदय मा.वि विशालटारका सुकमित गुरुङ प्रथम, ब्राइटफ्यूचर मा.वि का सौगात रेग्मी द्धितीय र राईजिङ स्टार मा.वि का सुजन आले तृतीय भएका छन् ।
हालसम्म भएको खेलमा चन्द्रोदय मा.वि विशालटारले ३ स्वर्ण र २ कास्य पदक जितेको छ । भने बासखर्क मा.विले १ स्वर्ण, १ कास्य, राष्ट्रिय मा.वि ले १ स्वर्ण, १ कास्य, हर्कपुर मा.विले १ स्वर्ण, ब्राइटफ्यूचर मा.वि ले २ रजत, १ कास्य, बागेश्वरी मा.वि ले १ रजत, १ कास्य, राईजिङस्टार मा.वि ले १ रजत, १ कास्य र चन्द्रोदय मा.वि चरौदिले १ कास्य पदक जितेको खेल संयोजक देवराज घलानले बताउनुभयो ।
माघ ३ गतेबाट सुरु भएको प्रतियोगिता माघ ५ गतेसम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस