धादिङ ०३ माघ
बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको लागि धादिङका खेलाडीहरु रामेछाप प्रस्थान गरेका छन् ।
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा माघ ४ गतेदेखि ७ गतेसम्म रामेछापको सदरमुकाम मन्थलीमा हुने पुरुष भलिवल प्रतियोगितामा सहभागि हुन धादिङका भलिबल खेलाडीहरु मंगलबार रामेछाप प्रस्थान गरेका हुन् ।
खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले विदाई गर्नुभएको थियो । प्रतियोगितामा धादिङबाट अमन आले (सिद्धलेक), प्रदिप थापा (सिद्धलेक), विदुर इटनी (सिद्धलेक), शिरिस तामाङ (खनियाबास), मिलन घले (खनियाबास)
मनोज श्रेष्ठ (गंगाजमुना), विजय गुरुङ (गंगाजमुना), मुक्ती तामाङ (रुबीभ्याली), सम्राट श्रेष्ठ (नीलकण्ठ) सहभागि हुनेछन् । उनीहरुलाई धादिङ जिल्ला भलिबल संघले प्रतियोगितामा सहभागि हुन छनोट गरेको हो ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग लिनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतिक्रिया दिनुहोस