धादिङ ०३ माघ
धादिङका डोल प्रसाद अर्याल (डीपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । ज्वालामुखी गाउँपालिका निवासी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको उप सभापति समेत रहेका छन् भने इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले रोजगारीका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकारहरु संग संक्षिप्त कुराकानी गर्दै मन्त्री अर्यालले यस्तो दाबी गरेका हुन् ।
रोजगारीका लागि विदेशिनु नै पर्ने अवस्था रहेमा त्यस्ता व्यक्तिहरुको आत्मसम्मना र सुरक्षाको प्रत्याभूति सरकारले गर्ने उनले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस