धादिङ ०२ माघ
लामा रिन्जेन छ्यो डुब्लिङ गुम्बा समिती र जनआवाज युवा क्लबको संयुक्त आयोजनामा मञ्जुश्री सम्वत् २८५९ औँ ह्योइ तावर ल्हो बिरालो वर्ग सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
भाषा धर्म संस्कृति हाम्रो पहिचान, जातीय र सामाजिक सद्भाव हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम जनआवाज खेल मैदान, माने भञ्ज्याङ नीलकण्ठ १४ धादिङमा माघ ८ गते हुदै छ ।
कार्यक्रममा स्थानीय लामा तथा झाँक्री नाचहरु घोडा नाँच, चेमा नाँच, लाली नाँच प्रर्दशनी हुने आयोजक समितीले बताएको छ ।
यस्तै, चर्चित म्हेन्दोमाया गायिकाहरु मिना लामा, सिता लामा म्हेन्दोमाया क्षेत्रका चर्चित गायक राम गोम्जा तथा चर्चित डान्सर निया तामाङ र देव दोर्जे तामाङको प्रस्तुती रहने छ ।
प्रतिक्रिया दिनुहोस