धादिङ भाद्र १२
नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ९ सय ८६ सेयर सदस्यता रहेको सहकारीको वार्षिक साधारण सभा संस्थाकी अध्यक्ष भगवती उप्रेतीको अध्यक्षता, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विभिन्न सहकारीका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गानाले नगरपालिकाभित्रका महिलाहरुलाई सेनेटरी प्याड बनाउने तालिम प्रदान गरिन बताउँदै त्यसका लागि सामुहिक रुपमा आउन महिलाहरुलाई आग्रह गर्नुभयो । यस्तै महिला हिंसा नियन्त्रण गर्न नगरपालिकाले सहयोग गर्दै आएको जानकारी गराउँदै नगर सफा राख्नको लागि सहकारीकर्मीहरुको भूमिका महत्त्वपूर्ण हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा सहकारीले विभिन्न विदामा सेयर सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस