धादिङ ११ भाद्र
गजुरी धादिङमा प्रहरीले २ सय ५० रोपनीमा लगाइएको अबैध गाँजा खेती बुधबार फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राज कुमार बैदवारको नेतृत्वमा गएको टोलीले गजुरी गाउँ पालिका वडा नं. ४ गैरीगाउमा गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भोलामान सिंहले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस