क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।
पाटन उच्च अदालतका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले बिहिबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई विदेश जान रोक सहितका सर्तहरु भने राखेको छ ।
नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस