धादिङ २८ पुस
माघ २ गतेदेखि जिल्ला निर्वाचन कार्यालय धादिङले मतदाता नामावली संकलन तथा अद्यावधिक सुचारु गर्ने भएको छ ।
कार्यालयले बिहिबार एक सूचना जारी गर्दै माघ २ गते देखि जिल्ला निर्वाचन कार्यालय धादिङमा प्रि-इनरोलमेन्ट प्रणालीबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम (त्रुटि सच्याउने,नामावली सार्ने काम) सुचारु हुने बताएको छ ।
बाहिरी जिल्ला मतदाता नामावली सङ्कलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न, विवाह दर्ता प्रमाणपत्र वा बसाइँ सराइँ दर्ता प्रमाणपत्रका आधारमा आवश्यक प्रमाणसहित प्रि–इनरोलमेन्ट प्रणाली (अनलाइन) आवेदन भर्न सकिने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
आगामी माघ २ गतेदेखि धादिङसहित ३७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि-इनरोलमेन्ट प्रणालीबाट सुरु गर्नेगरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस