पुस २७ गते
हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । आज पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती हो ।
वि।सं। १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका पहिलो सन्तानको पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि।सं। १७९९ चैत २५ गते पृथ्वीनारायण शाह गोरखा राज्यको राजा हुनुभएको थियो । त्यसअघि नेपाल बाईसे तथा चौबिसे राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको निधनपछि उहाँका उहाँका छोरा बहादुर शाहले पश्चिमको काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले वि।सं। १८०१ मा नुवाकोट विजय गरेका गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ मा काठमाडौँ उपत्यका विजय हासिल गरेका गर्नुभएको थियो । उहाँको निधन वि।सं। १८३१ मा भएको थियो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गर्नुभएको छ ।
वर्तमान समयका उपलब्धिमा गौरवबोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवस्यक रहेको राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस