धादिङ ११ भाद्र
कपिल जम्कट्टेल
पेशा, व्यवसाय तथा प्रयोगात्मक शिक्षा विषय अन्तरगत बुधबार सुनगाभा एकेडेमीका कक्षा ८ का विद्यार्थीहरुले धादिङबेसीमै रहेका साना व्यवसाय अन्तरगतको धादिङ कपास प्रशोधन उद्योगको भ्रमण गरेका छन् । भ्रमणका क्रममा विद्यार्थीहरुले उद्योगको सञ्चालन, यसबाट हुने फाइदा, कामदारको किसिम, उद्योगका विशेषता, उद्देश्य एवं सर्वसाधारणले यसबाट लिने लाभका बारेमा अन्तरकृया गरेका थिए ।
प्रतिक्रिया दिनुहोस