धादिङ २४ पुस
श्री शंखादेवी महिला विकास बचत तथा ऋण सहकारी संस्था लि नीलकण्ठ नगरपालिका ११ ज्यामरुङ धादिङको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्ण कुमारी थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने सानाकिसान कृषि तथा सहकारी संस्था लि का अध्यक्ष मोतीराम पाठक, जिल्ला बचत संघ, निर्वाचित जनप्रतिनिधि, आमन्त्रित सदस्य तथा सेयर सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नियमित बचत कर्ता, नियमित भुक्तानी कर्ता, असल ऋणीलाई नगदद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि समेत रहनुभएका नगर उपप्रमुख दिपक विश्वकर्माले कृषि, दुग्ध विकास, सीपमुलक उद्यमशील बन्दै अगाडि बढ्नुपर्ने भन्दै उत्पादन केन्द्रित भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस