धादिङ २४ पुस
सिद्धलेकमा ३ दिने बाख्रापालन तालिम आईतबार सम्पन्न भएको छ । कृषक स्तरीय सिप विकास तालिम अन्र्तगत धादिङको सिद्धलेक गाउँपालिका १ को कार्यालय महतेटारमा पुस २२ गतेबाट सञ्चालन भएको तालिमको समापन पुस २४ गते (आज) गरिएको हो ।
सिद्धलेक गाउँपालिका पशु सेवा शाखा बुङचुङ, धादिङको आयोजनामा सम्पन्न तालिममा सिद्धलेक गाउँपालिका वडा नं १ का २६ जना सहभागि भएका थिए ।
कार्यक्रमको समापन गर्नुहुदै सिद्धलेक गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पेमा वाङग्याल लामाले तालिममा सिकेका सिपलाई व्यावहारिक रूपमा लागु गरी निर्वाह मुखी नभई व्यावसायिक रूपमा बाख्राको उत्पादन गर्न र आर्थिक आम्दानी लिन आग्रह गर्नु भएको छ ।
त्यस्तै तालिममा सहभागीहरूले बाख्रापालन तालिम प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि विभिन्न सिपमुलक तालिम तथा गोष्ठी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस