धादिङ २३ पुस
नेकपा माओवादी केन्द्र निकट कर्मचारीहरुको पाँच वटा संघ संगठनको जिल्ला अधिवेशन शनिबार धादिङबेसीमा सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति धादिङको सातौं जिल्ला अधिवेशनले कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन गरेको छ । श्रेष्ठ जिल्ला शिक्षा समन्वय समितिमा निजामती सेवामा कार्यरत छन् ।
त्यस्तै प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति धादिङको प्रथम जिल्ला अधिवेशनले डा.रामचन्द्र रिजालाई अध्यक्षतामा लाई अध्यक्षमा चयन गरेको छ । उनी धादिङ अस्पतालमा कार्यरत छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन स्वायत्त जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा रन्जु ढुंगाना चयन हुनुभएको छ । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन धादिङ जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा ब्रजेश तामाङ चयन भएका छन् । यी संघ संगठनहरुले स्वास्थ्यकर्मी र कर्मचारीहरुको हकहित संरक्षण र अधिकारको पक्षमा काम गर्दै आएको छ ।
जनसेवक बचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ नगरपालिका ३, धादिङको अध्यक्षमा बिष्णु रिजाल चयन भएका छन् । १२ औं वार्षिक साधारणसभा तथा अधिवेशनले जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत रिजाललाई सर्वसम्मत चयन गरेको हो । सहकारीले माओवादी समर्थक कर्मचारीहरुबीच बचत संकलन र ऋण लगानीको काम गर्दै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि समेत रहनुभएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीले कर्मचारी कर्तव्यनिष्ट र अनुसाशित हुनुपर्ने बताउनुभयो ।
उहाँले कर्मचारीहरुलाई स्वाभिमान भएर काम गर्न आग्रह गर्नुहुदै आफ्नो क्षमताले भ्याए सम्म कर्मचारीको हक हितमा काम गर्ने गरेको बताउनुभयो ।
राम बहादुर भण्डारी बाईट
त्यस्तै उहाँले पार्टिप्रति बफादार हुनु जरुरी रहेको भन्दै गुटबन्दी नगर्न आग्रह गर्नुभयो । उद्योगको विकास गर्ने , जनताको विकास गर्ने, समाजवादि क्रान्तिको आधार तयार गरि समाजवादि साम्यवाद ल्याउने माओवादीको लक्ष्य रहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य भण्डारीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस