धादिङ १० भाद्र
प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले जिल्ला समन्वय समितिको भूमिका प्रमुखहरुको काम गराइमा भर पर्ने बताउदै जिल्ला समन्वय समितिमा केन्द्र सरकारको प्रत्यक्ष हस्तक्षेप रहेको बताउनु भयो । धादिङ जिल्लाको तेस्रो जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनु भएको हो । उहाँले देशमा सघिंयता आए पनि मान्छेहरुको मानसिकतामा अझै संघियता आउन नसकेको गुनासो गर्दै स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका संघियतालाई संस्थागत गर्नु रहेको बताउनु भयो । यस्तै विकास भनेको भौतिक विकास मात्र नभइ रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, ग्राहस्थ उत्पादनमा वृद्धि लगायतका मापन अनुसार विकासका कार्यहरुलाई अगाडि बढाउनु पर्ने बताउनु भयो । प्रदेश सरकारले प्रदेशका प्रत्येक स्थानीय तहमा एउटा औद्योगिक ग्राम निर्माण गर्ने नीति अगाडि सारेपनि स्थानीय तहले चासो नदेखाएको गुनासो भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका स्थानीय तहले प्रदेश सरकारलाई नियमानुसार कर नबुझाएमा, गाउँ सभा नगर सभा नगरेमा, नीति कार्यक्रमहरु पास नगरेमा प्रदेश सरकारले दिने अनुदान रोकिनसक्नेतर्फ सचेत गराउनु भयो ।
आपसी समन्वय र सहकार्य, दिगो विकासका लागि अपरिहार्य भन्ने नारा सहित जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको तेस्रो जिल्ला सभाको उद्घाटन सत्रमा प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता, प्रतिनिधि सभा सदस्य द्धय खेम प्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्कट्टेल, प्रदेश सभा सदस्य डा. राम कुमार अधिकारी, १३ वटै स्थानीय तहका प्रमुख उप प्रमुख, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय लगायत विभिन्न कार्यालयका कार्यालय प्रमुख एवं प्रतिनिधि, संघ संस्थाका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस