धादिङ २१ पुस
धादिङ अस्पतालका स्वास्थ्यकर्मी र पत्रकार बीच पुस २२ गते मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । धादिङ अस्पतालद्धारा आयोजित फुटबल प्रतियोगिता (भोलि) शुक्रबार दिउसो ४ बजे धादिङ बेसी स्थित फुटसलमा हुने छ ।
विश्वकै महान् फुटबल खेलाडि पेलेको सम्झना तथा सम्मानमा प्रतियोगिताको आयोजना गरिएको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम वि.क. ले बताउनुभयो । (विश्वका अहिलेसम्मै सबैभन्दा महान् फुटबल खेलाडी पेलेको ९ डिसेम्बर २०२२ मा ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको थियो।)
उहाँले अस्पताल र पत्रकारहरु बीच भएको सम्बन्ध र सहकार्यलाई थप मजबुद बनाउने उदेश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
धादिङ अस्पतालका सुचना अधिकारी विक्रम वि.क.
प्रतिक्रिया दिनुहोस