धादिङ २० पुस
मंगला देवी माध्यामिक विद्यालय नेत्रावती डबजोङ १ बोराङमा अन्तर माध्यामिक विद्यालय (कक्षा ९-१० सम्म) स्तरिय हाजिरी जवाफ प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
मंगला देवी माध्यामिक विद्यालयको आयोजना तथा प्याब्सन सुर्यबिनायक भक्तपुर जिल्ला कमिटिको सहआयोजनामा सम्पन्न प्रतियोगितामा कुण्डला देवी माध्यामिक विद्यालय प्रथम भएको छ भने निरञ्जना माध्यामिक विद्यालय दोस्रो, महेन्द्र बराही मा.वि. तृतीय र मंगलादेवी मा.वि. सान्त्वना भएको छ ।
प्रथम, द्धितीय, तृतीयलाई क्रमश नगद रु १२ हजार ५ सय, ७ हजार ५ सय, ५ हजार ५ सहित ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरिएको छ । प्रतियोगितामा ५ वटा विद्यालयका १० जना विद्यार्थीहरु सहभागि भएका थिए ।
प्रतिक्रिया दिनुहोस