धादिङ पुष १३
धादिङका ९.७९ प्रतिशत मानिसले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा ३ लाख ३४ हजार २ सय ९२ जनसङ्ख्या रहेकामा ९.७९ प्रतिशतले जीवन बीमा गराएका हुन् । जिल्लामा रहेका विभिन्न ४ वटा स्वास्थ्य संस्थामा उनीहरुले बीमा गराएका हुन् । स्वास्थ्य बिमा बोर्ड धादिङका दर्ता अधिकारी संगम अर्यालका अनुसार जिल्लामा सबैभन्दा धेरै बिमा गर्ने पालिकामा नलिकण्ठ नगरपालिका रहेको छ । नीलकण्ठ नगरपालिकामा महिला ४ हजार ८४१ जना र पुरुष ४ हजार ५४४ जना गरि ९ हजार ४२४ जनाले बिमा गराएका छन् । भने सबैभन्दा कमा बीमा गाराउने पालिकामा खनियाबाँस गाउँपालिका रहेको छ । खनियाँबासमा महिला ९९ र पुरुष ९० जना गरि जम्मा १ सय ८९ जनाले बिमा गराएका छन् ।
त्यस्तै, बेनीघाट रोराङ गाउँपालिकामा महिला १ हजार १८५ र पुरुष १ हजार १३८ जना गरि २ हजार ३२५ जना, धुनीबेसी नगरपालिकामा महिला १ हजार २५३ र १ हजार २१५ पुरुष गरि २ हजार ४६८, गजुरीमा महिला १ हजार ३९१ र पुरुष १ हजार ४ सय गरि २ हजार ७९४, गल्छीमा महिला १ हजार ६३५ र पुरुष १ हजार ५९६ गरि ३ हजार २३३, गंगाजमुनामा महिला ४९२ र पुरुष ५१५ गरि १ हजार २७, ज्वालामुखीमा महिला १ हजार ६६ र पुरुष १ हजार २५ गरि २ हजार ५ जनाले स्वास्थ्य बिमा गराएका छन् ।
यसैगरि नेत्रावतीमा महिला ४१० र पुरुष ३९८ गरि ८०९, रुबीभ्यालीमा महिला २ सय १९ र पुरुष २ सय २४ गरि ४४३, सिद्धलेकमा महिला ८७७ र पुरुष ८६५ गरि १ हजार ७४९, थाक्रेमा महिला १ हजार ५०२ र पुरुष १ हजार ४७९ गरि २ हजार ९८४ र त्रिपुरासुन्दरी गाउँपालिकामा महिला १ हजार ७१८ र पुरुष १ हजार ७४० जना गरि ३ हजार ४ सय ४२ जनाले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बिमा बोर्ड धादिङका दर्ता अधिकारी संगम अर्यालले धादिङमा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै गईरहेको भन्दै गल्छी गाउँपालिकामा दलित समुदायलाई ५० प्रतिशत सम्म छुट गराई स्वास्थ्या बीमा गराउने व्यवस्था गरिएको बताउनुभयो । गंगाजमुना गाउँपालिकामा भने आउँदो फगुन १ गतेबाट लागु हुने गरि दलित समुदायको निशुल्क स्वास्थ्य बीमा गराउने व्यवस्था गरेको उनको भनाई छ ।
स्वास्थ्य बिमा बोर्ड धादिङका दर्ता अधिकारी संगम अर्यालका
बाईट १…………..
७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, अती अशक्त अपाङ्गता वापत रातो कार्ड पाएकाको परिवार, एचआईभी संक्रमित र कुष्ठ रोगीका परिवार को नै निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ भने महिला स्वास्थ्य स्वयमसेवीकाको हकमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको दर्ता अधिकारी संगम अर्यालले बताउनुभयो
बाईट २…………
धादिङमा जिल्ला अस्पताल धादिङ, बैरेनी अस्पताल, गजुरी स्वास्थ्य केन्द्र र सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र गरि ४ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा गराइदै आईरहेको छ । त्यस्तै स्वास्थ्य बिमा दर्ता अधिकारी अर्यालले बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्ने भन्दै स्वास्थ्य बीमा गराउन आग्रह गर्नुभएको छ ।
बाईट ३……….
प्रतिक्रिया दिनुहोस