वरिष्ठ संवाददाता
कृष्ण बहादुर लामिछाने । गोरखा ।
सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड भिमसेनथापा गाउँपालिका ३ तान्द्राङ गोरखाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सेयर सदस्यहरुको साना साना पँुजीलाई एकत्रीत गरि आफ्ना सेयर सदस्यहरुलाई विभिन्न व्यवसायमा सुलभ ब्याजदरमा ऋण प्रवाह गरि सदस्यहरुको आयआर्जनमा वृद्धि गरि जीवनस्तर उठाउने उदेश्य राखेको संस्थामा कुल सेयर सदस्य संख्या ६३४ जना रहेको छ भने बाल बचत कर्ता १५० जना, ऐच्छिक बचतकर्ता ६० जना रहेका छन् ।
वडा नं ३ लाई कार्यक्ष्ोत्र बनाएको संस्थाले कृषी तथा पशुपालन व्यापार व्यवसाय वैदेशिक रोजगारमा लगानीको क्षेत्र बनाएको संस्थाको जारी सेयर पँुजी ३ लाख ४१ हजार ४ सय, चुक्ता सेयर पुजी २ करोड २७ लाख ७२ हजार ३४२, कुल निक्षेप १ करोड ६९ लाख ९९ हजार र लगानीमा २ करोड ८ लाख ८६ हजार ५ सय २१ रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा ८ लाख ३२ हजार ४०६ रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको भिमसेनथापा गाउँपालिकाकी उपाध्यक्ष अमृता वस्तीले सभालाई सम्बोधन गर्दै ग्रामीण क्षेत्रमा रहेको न्युन आय आर्जन भएका किसानहरु मीली सञ्चालन गरिएको सहकारीबाट हरेकको लागि एक, एकको लागि हरेक भन्ने सहकारीको आर्दश वाक्यलाई यस सहकारीले पुरा गरेको र गाउँपालिका कै सहकारीको मर्म अनुरुपमा सञ्चालन भएको नमुना योग्य सहकारीको रुपमा रहेको बताउनुभयो ।
साथै गाउँपालिकाको तर्फबाट र आफ्नो तर्फबाट यस सहकारीलाई पुर्ण सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा असल ऋणी १ जना, उत्कृष्ट सेयर सदस्य १ जना, उत्कृष्ट बाल बचतकर्ता १ जाना, सेयर सदस्यका छोराछोरी मध्येबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने छात्रछात्रा १/१ जनालाई पुरस्कृत गरिएको छ ।
त्यस्तै सेयर सदस्य तथा महिला सशक्तिकरण उपसमितीका संयोजक यशोधा खनाललाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष बद्री प्रसाद लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा भिमसेनथापा गाउँपालिकाकी उपाध्यक्ष अमृता वस्तीको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नं ३ का वडा अध्यक्ष ऋषीराम लामिछाने जिल्ला समिती , जिल्ला सहकारी संघ गोरखाका सहसचिव छन्द प्रसाद खनालको विशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, संञ्चालक समिती सदस्यहरु र सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस