धादिङ ०९ पुस
निरञ्जना माध्यामिक विद्यालय नेत्रावती डबजोङ गाउँपालिका वडा नं १ धादिङको ६० औँ वार्षिक उत्सव (हिरक जयन्ति) तथा अभिभावक भेला सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समिती अध्यक्ष डोल बहादुर अधिकारीको सभापति नवनिर्वाचित बागमती प्रदेश सभाका सदस्य गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको विशिष्ठ आतिथिमा नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन, नेकपा माओवादिका केन्द्रिय सदस्य शंकर अधिकारी, जिल्ला संयोजक मनराज भण्डारी, नेकपा माओवादि केन्द्रका जिल्ला सभा सल्लाहाकार केशरी प्रसाद पन्त, नेपाल रेडक्रस सोसाईटि धादिङका सभापति नारायण तिमल्सिना, एकीकृत समाजवादी पार्टिका जिल्ला प्रतिनिधिहरु, नेकपा माओवादि केन्द्र नेत्रावती डबजोङ गाउँपालिका इन्चार्ज उर्मिला तामाङको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै विद्यालय व्यवस्थापन समितकिा अध्यक्ष डोलबहादुर अधिकारीले विद्यालयमा शिक्षाको गुणस्तर, पाठ्यक्रमको विकास भौतिक संरचनाको अवस्था, आगामी योजनाहरुको बारेमा सविस्तार वर्णन गर्दै विद्यालयको आर्थिक तथा भौतिक सुधारको पक्षमा आफ्नो ध्यान केन्द्रित रहेको र सरस्वती मन्दिरको निर्माण गरिएको विद्यालयको भौतिक संरचाना समेत आकर्षक देखीएको बताउनुभयो । त्यस्तै उनले प्राविधिक शिक्षमा प्रदेश सरकार र स्थानीय सरकारले उचित सहयोग गर्न माग गर्नुभएको छ ।
यसैगरि प्रमुख अतिथि गोविन्द लम्सालले आफु सानै देखि शिक्षा प्रेमि, विकास प्रेमि र संबृद्धि चाहने व्यक्ति भएको चर्चा गर्दै विद्यालयको हरेक आर्थिक नैतिक भौतिक रुपमा आगामी योजनाको बारेमा सहकार्य गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विकास थापा मगरले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा विदालय स्थापना देखि हाल सम्म भएका अफ्ठ्यारा चुनौति र सम्भावनाको बारेमा आगामी योजनाहरु प्रस्तुत गरिएको थियो
यस्तै, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डोल बहादुर अधिकारीको पहलमा कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा उपस्िििथत विशिष्ठ अतिथिहरुले विद्यालयको शभकामना दिनुहुदै गुणस्तरिय तथा प्राविधिक शिक्षमा जोड दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा गाउँपालिका भरिका शिक्षक शिक्षिका, विद्यार्थी अभिभावक , कर्मचारी, पत्रकार लगायत विभिन्न संघ सस्थाका प्रतिनिभिहरुको सहभागिता रहेको थियो ।
४०९ जना विद्यार्थी रहेको रिञ्जना माध्यामिक विद्यालयमा ३२ जना कर्मचारीहर रहेका छन् । यस विद्यालयमा त्रिपुरा सुन्दरी गाउँपालिका, रुबिभ्याली र सुदुरपश्चिम नेपालका विद्यार्थिहरुले प्राविधिक शिक्षा अध्ययन गर्दै आर्यरहेका छन् ।
यस विद्यालयमा स्थानीय तथा केन्द्र प्रदेश सरकारले शिक्षा निती अनुसार योजनाहरु ल्याएमा अझ उत्कृष्ट बनाउन सकिने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस