धादिङ ०७ पुस
प्रतिनिधि सभा सदस्य धादिङ क्षेत्र नं १ का सांसद रामनाथ अधिकारीले धादिङको सबै नेतृत्वहरु सच्चिएर विकास र आगामी योजनाको खाका कोर्नुपर्ने बताउनुभयो ।
८ औँ धादिङ महोत्सवको उद्घाटन समारोहका विशेष अतिथी समेत रहनुभएका अधिकारीले शुभकामना मन्तव्य राख्नुहुदै संविधानमा लेखिएका प्रत्येक कानुनहरुलाई कार्यान्वयन गरि विकास र संवृद्धिको खाका कोर्ने प्रतिबद्धता जनाउनुभयो ।
कतिपय निती, ऐनहरु कार्यान्वयनमा नआउँदा स्थानीय तह संचालनमा बढि समस्या देखिएको स्पष्ट पार्नुहुदै अधिकारीले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न आफू लागिपर्ने बताउनुभयो ।
सबै बोलेका कुरा पुरा गर्नुपर्छ भन्ने मान्यता राख्ने अधिकारीले सिंगो विकासको सम्भावना र योजनाको बारेमा चर्चा गर्नुभयो । ८ औँ धादिङ महोत्सवको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दै सहकार्य, सहयोगको प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
बिहिबार प्रतिनिधिसभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम विधिगत रुपमा सम्पन्न गरि अधिकारी धादिङ आउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस