धादिङ ०७ पुस
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं नव निर्वाचित बागमती प्रदेशसभा सदस्य डम्बर तामाङले आफु राप्रपाको कार्यकर्ता हुँ भनेर घमण्ड नगर्ने बताउनु भएको छ ।
धादिङ उद्योग वाणिज्य संघद्धारा आयोजना गरिएको ८ औँ धादिङ महोत्सवको समुद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्नुहुदैँ तामाङले आफु आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रित नभई समग्र धादिङ जिल्लाको कृषि, सडक, अर्थ, शिक्षा, खानेपानी,पिछडीएका वर्ग, जाति ,भाषा, लिङ्ग लगायतको अस्तित्व ,विकास र संबृद्धिको पक्षमा लागिरहने बताउदै ८ औँ धादिङ महोत्सवको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
धादिङको १३ वटै स्थानीय तहबाट आआफ्नो सांस्कृतिक बाजागाजा, नाँच तथा र्याली सहित बिहीबार उद्घाटन भएको ८ औँ धादिङ महोत्सव पौष १७ गतेसम्म सञ्चालन हुनेछन् ।
प्रतिक्रिया दिनुहोस