धादिङ ०७ पुस
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले धादिङ देखि तिप्लिङ सम्मको सडक खण्डको लागि प्रदेश सरकारले ७४ करोड बजेट विनीयोजन गरेर काम गरिरहेको बताउनुभएको छ ।
बिहिबार आठौँ धादिङ महोत्सवको उद्घाटन गर्दै पाण्डेले यस्तो बताउनुभएको हो । धादिङ जिल्ला हिमाल आरेहणको लागि उपयुक्त जिल्ला रहेको भन्दै हिमाल आरोहण सम्बन्धि तालिम दिई विदेशी मुद्रा आर्जन गर्न सकिने उनको भनाई छ ।
त्यस्तै उनले धादिङ जिल्ला राजधानीको नजिक भएको भन्दै धेरै सम्भावना बोकेको बताउनुभयो । धादिङलाई बत्ती मुनीको अध्यारो नभई बत्तीको छेउको सबैभन्दा उज्यालो ठाउँ धादिङलाई बनाउन सकिने उनको भनाई छ ।
उनले धादिङलाई विकास क्षेत्रमा सहयोग गर्ने गरेको भन्दे आगामी दिनमा पनि साथ र सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बाईट
प्रतिक्रिया दिनुहोस