धादिङ ०७ पुस
आजदेखी आठौँ धादिङ महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्नुभएको छ ।
धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधान भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आज देखि १७ गतेसम्म चल्ने छ ।
उद्घाटन सत्रअघि रुवीभ्याली गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाच, झ्याउरे नाच, लाखे नाच, देखि बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ सस्कृतिलाइ समेटेर विभिन्न संस्कृतिका झाँकी प्रदर्शन गरिएको थियो भने पुछार बजारबाट महोत्सव स्थल सम्म विभिन्न संघ, संस्थाहरुले ¥याली निकालीएको थियो ।
महोत्सवमा कृषि उत्पादन स्टल, डेरी स्टल, इलेक्ट्रोनिक्स÷सुचनाप्रविधी स्टल, विभिन्न औद्योगिक तथा व्यापारिक सामाग्रीको प्रदर्शनी एवं विक्रिका स्टल, स्थानीय घरेलु तथा हस्तकला उत्पादनको प्रदर्शनी एवं विक्रि स्टल तथा स्थानीय तहको उत्पादनको स्टल गरी १ सय २० भन्दा बढी स्टल रहेको छ ।
प्रतिक्रिया दिनुहोस