धादिङ ०६ भाद्र
वैदिक सनातन धर्मावलम्बीहरुको महान् पर्व ‘श्रीकृष्णजन्माष्टमी’को अवसरमा धादिङ आवासीय माध्यमिक विद्यालयले पनि विविध कार्यक्रमका साथ मनाएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ३ सिरान बजारमा रहेको धादिङ आवासीय माध्यमिक विद्यालयले शुक्रबार विद्यार्थीहरुलाई कृष्ण र राधा तथा गोपिनीहरुको पहिरन लगाएर राधाकृष्णसँग सम्बन्धित भजनहरु प्रस्तुत गर्दै पर्व मनाएको हो ।
नेपाली कला, संस्कृति रीति रिवाज, धर्म विस्तारै नयाँ पुस्ताले विर्सदै जान लागेको यो अवस्थामा विद्यार्थीहरुलाई पनि आफ्नो मौलिक कला, संस्कृति, धर्म, चाडपर्वको बारेमा जानकारी दिने र मनाउने तरिका सिकाउने उद्देश्यले यस्ता खाले पर्व दिवसको अवसरमा विशेष कार्यक्रम गर्दै आएको विद्यालयका प्रधानाध्यापक हरि लम्सालले बताउनु भयो ।
विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र प्रदान गर्ने होइन घरायसी वातावरणमा नयाँ जोस जागर, हौसलाका साथ पठन पाठनमा केन्द्रित गराउनकै लागि तथा सामाजिक मूल्य मान्यता र नैतिक पाठ सिकाउनका लागि यस्तो पर्व विशेष कार्यक्रमले महत्त्वपूर्ण टेवा पुग्ने विद्यालयका सामाजिक विषय शिक्षक प्रकाश गुरुङले बताउनु भयो ।
कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न फरक फरक प्रस्तुतिका साथ कार्यक्रमलाई भव्यताका साथ मनाएका थिए ।
हेर्नुहोस् १० तस्विरमा
\
प्रतिक्रिया दिनुहोस