त्रिभुवन विश्वविद्यालय (त्रिवि)का सबै आंगिक क्याम्पस तथा केन्द्रीय विभागले बढीमा २२ दिनसम्म हिउँदे विदा दिन पाउने भएका छन्।
पुस ३ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले पुस १७ गतेदेखि हिउँदे विदा दिन सकिने गरी यो निर्णय स्वीकृत गरेको हो।
‘यो वर्ष आ-आफ्नो निकायको अनुकुलता परीक्षा,कक्षा सञ्चालन आदि अवस्था हेरेर २०७९ पुस १७ देखि बढीमा २२ दिनसम्म विदा दिन सकिने छ’,सूचनामा भनिएको छ।
प्रतिक्रिया दिनुहोस