राष्ट्रिय खेलकुद परिषद् राखेपले तेक्वान्दो सहित तीन वटा सङ्घ पुर्नगठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै राखेपले तेक्वान्दो सहित उसु र बडिबिल्डिङ सङ्घलाई पुर्नगठन गरेको हो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले अस्तित्वमा रहेका दुई वटै तेक्वान्दो सङ्घलाई बिगठन गर्दै प्रदीप जोशीको संयोजकत्वमा तदर्थ कमिटी बनाउनुभएको छ । नेपाल उसु महासङ्घमा जनक बर्तौलाको नेतृत्वमा तदर्थ कमिटी गठन गरिएको छ ।
यस्तै दुई वटा सङ्घको रुपमा अस्तित्वमा रहेको बडिबिल्डिङमा सहमतीका आधारमा राजेशबाबु श्रेष्ठको संयोजकत्वमा तदर्थ कमिटी गठन गरिएको हो । नयाँ बनेका तदर्थ कमिटिलाई तीन महिनामित्र निर्वाचन गर्न निर्देशन दिईएको छ ।
प्रतिक्रिया दिनुहोस