धादिङ ०५ पुस
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले आयुर्वेद सेवा प्रबद्धन गर्नकालागि स्थानीय स्तरका पत्रकारहरु संग आज मंगलबार अनर्तक्रिया गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि नवराज अधिकारीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको विकासमा आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रमका विशेष अतिथि कृष्ण प्रसाद लम्सालले धादिङको प्रत्येक स्थानीय तहहरुमा नागारिक आरोग्य सेवा केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउदै दैनिक रुपमा सेवाग्राहीलाई चुस्त दरुस्तका साथ सेवा प्रदान गर्न कर्मचारीहरुलाई अनुरोध गर्नुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले गर्दै आईरहेको सेवा सुविधाको विषय तथा धादिङ जिल्लामा आयुर्वेद अस्पतालको सम्भावना र चुनौतीको बारेमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कार्यलय प्रमुख डा.सुइरा जोशीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा छारशुत्र विधी,अकुपञ्चार, फिजियो थेरापी, जेष्ठ नागारिकको स्वास्थ्य परीक्षण, सुगर प्रेसर, जाँच गरिनुका साथै २३ प्रकारका औषधी निशुल्क उपल्ब्ध गराउदै आएको कार्यलय प्रमुख डा.जोशीले बताउनुभयो ।
डा.सुइरा जोशी बाईट………
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको व्यवस्थापन समितीका अध्यक्ष भरत ढुङगानाको अध्यक्षतता रहेको कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतित्थ्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल ,नेपाल पत्रकार महाँसंघ धादिङका अध्यक्ष राजाराम शर्माको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस