धादिङ ०५ पुस
नेपाल मानव अधिकार वर्ष पुस्तक २०७९ वार्षिक पूर्व समीक्षा कार्यक्रम आज धादिङ बेसीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङको आयोजनामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को मंगलबार वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ईन्सेक धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीले प्रतवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्लामा ११ महिनाको अवधिमा बलात्कारको ३ वटा घटना, बलात्कार प्रयासको १, बालबालिका बलात्कारको ५, कुटपिटको ३ वटा घटनामा ४ जना घाईते, जातिय छुवाछुतको २ वटा घटना, २ वटा हत्याको घटनामा ३ जनाको मृत्यु र निर्वाचन लक्षित हिंसात्मक १२ वटा घटनामा ३७ जना घाईते लगायत गरि ३७ वटा घटना घटेका छन् भने जिल्लामा हालसम्म ३२ हजार ९ सय ११ जनाले स्वास्थ्य बिमा दर्ता गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारीले मानव अधिकारप्रति प्रतिवद्धता जनाउदै मानवअधिकार घटना थाहा पाउन ईन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक महत्वपुर्ण भएको उल्लेख गर्नुभएको छ । उनले विद्यमान कानून कार्यान्वयन गर्न कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनमा आचारसंहिता बढि उल्लंघन भएकोले यसलाई सुधार गर्नुपर्ने उहाको भनाई छ ।
जिल्ला समन्वय समिती धादिङका प्रमुख अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उप प्रमुख कुलमान वि.क, बार एसोसियसन धादिङका अध्यक्ष कृष्णराज अधिकारी, बार एसोसियसन धादिङका अधिवक्ताहरु, महिला अधिकारकर्मी गायत्री खतिवडा, सुरक्षा निकायका पदाधिकारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस