धादिङ २८ मंसिर
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर २ को बेन्दीदेवी माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बिच जैविक विविधता,अनुसन्धान तथा विकासका लागि स्थानीय पहल(ली–बर्ड)संस्थाको आयोजनामा विद्यालयका प्रधानध्यापक कान्छा तामाङको सभापति, विद्यालय व्यवस्थापन समिती अध्यक्ष जित बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बजारीय खाना राम्रो कि स्थानीय खाना राम्रो भन्ने विषयको शीर्षकमा सञ्चालन भएको वादविवाद प्रतियोगिता कार्यक्रममा ४७ जना विद्यार्थी सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा कक्षा १० मा अध्ययनरत छात्रा विमला तामाङ प्रथम , द्धितियमा कक्षा १० का छात्रा स्मृति तामाङ,तृतीयमा कक्षा ९ मा अध्ययनरत छात्र सविन तामाङ र सान्त्वनामा कक्षा १० को छात्रा नेह तामाङ विजय भएको हो । विजेतालाई शैक्षिक सामाग्रीले पुरस्कृत गरिएको संस्थाका प्रतिनिधी मनमोहन तामाङले बताउनुभयो । संस्थाले धादिङको विभिन्न स्थानीय तहहरुमा विगत १८ महिनादेखि कृषि र पोषणको लागि उत्कृष्ठ कार्यहरु गर्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस