धादिङ २६ मंसिर
नेपाल पत्रकार महासंघ धादिङको कोषाध्यक्षमा सुमन अधिकारीलाई जिम्मेवारी दिईएको छ । नेपाल पत्रकार महासंघ धादिङ शाखाको अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा सोमबार बसेको वैठकले महत्वपुर्ण निर्णय गर्दै अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको हो । निवर्तमान कोषाध्यक्ष शिव प्रसाद देवकोटा वैदेशिक अध्यायनका लागि जापन गएपछि करिव २ महिनादेखि उक्त पद रिक्त भएको थियो ।
नेपाल पत्रकार महासंघ धादिङको सदस्य समेत रहेका अधिकारी २०६६ साल देखि निरन्तर पत्रकारीतामा कार्यरत छन् । रेडियो बिहानी ९७.६ मेगाहर्जमा स्थानीय सरोकार कार्यक्रम सञ्चालन गर्दै आईरहेका अधिकारी कुशल,प्रखर कार्यक्रम प्रस्तोताको रुपमा स्रोतामाझ लोकप्रिय छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको साधारणसभा २०७९ साल पौष ०६ गते बुधबार जिल्ला समन्वय समितीको हलमा सम्पन्न गर्ने पनि उक्त वैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस