धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर ३ चौतारामा अवस्थित टासीजोङ गुम्बापरिवारले बागमती प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री शालिकराम जम्कटेललाई स्वागत गरिएको छ ।
सोमबार एक कार्यक्रमका बिच नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी,जिल्ला संयोजक मनराज भण्डारीसहितको टोलीलाई स्वागत गरिएको हो ।गुम्बा अवलोकन गर्न आउनुभएका पाहुनाहरुलाई स्वागत गर्न नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गा.पा अध्यक्ष प्रेम बहादुर तामाङ,वडा अध्यक्ष सुरेश वाईवा तामाङ,गुम्बा व्यवस्थापनका अध्यक्ष जित बहादुर गुरुङ,गुम्बा प्रमुख कर्म दोर्जे लामा लगायत टासीजोङ गुम्बा परिवारले भव्य स्वागत गरिएको थियो । गुम्बाको अवस्थाको वारेमा जानकारी गराउदै अधुरो रहेको कामलाई सम्पन्न गराउन मन्त्री समक्ष निवेदन पत्र समेत पेस गरिएको थियो ।
उक्त स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जम्कटेलले निर्माधीन गुम्बाको अधुरो संरचनालाई सम्पन्न गराउन आफु प्रतिबद्ध रहेको बताउदै आगमी आर्थिक बर्षमा केहि बजेट विनियोजन गर्ने पनि विस्वास व्यक्त गर्नुभयो । त्यस्तै माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीले महान जनयुद्धले बदलिएको व्यवस्थाको अवस्था वदल्न सबै जनसमुदाय लाग्नुपर्ने बताउदै जनताको हर समस्यमा लागिपरिहेको बताउनुभयो । त्यस्तै नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सचिवलय सदस्य समेत रहनुभएका जिल्ला संयोजक मनराज भण्डारीले धादिङको बिकासको अवस्था र आम जनताको माग समस्यलाई सम्बोधन गर्न केन्द्र प्रदेश र स्थानीय सरकारसंग समन्वय गरिरहेको बताउदै जनप्रतिनीधीहरु स्थानीय सरकारको मर्म र भावनालाई बुझी जनउत्तरदायी बन्नुपर्नेसमेत स्पष्ट पार्नुभयो ।
गुम्बामा धार्मिक परम्परा अनुसार ब्रतबन्ध (छेवर) , शुभ विवाह , जप ध्यान ,तपस्य, ब्रत,मृत्यू संस्कार आदि गर्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस