धादिङ २४ मंसिर
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र धादिङको जिल्ला समन्वय समितिको कार्यालय वैठक शनिबार सम्पन्न भएको छ ।
उक्त वैठकमा गत मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरुलाई धन्यवाद दिदै प्रदेशसभा १ को प्रदेश ख प्रदेशमा निर्वाचित बागमति प्रदेश सरकारका आर्थिक योजना मन्त्रीसमेत रहनुभएका जिल्ला ईन्चार्ज शालिकराम जम्कटेललाई बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरेका थिए ।
वैठकमा चुनावी समिक्षा गर्दै धादिङको प्रदेशसभा २ को ख प्रदेशमा गठबन्धनभित्र अन्तरघात भएको कारण निर्वाचन हार्न पुगेको निष्कर्ष निकालेका थिए । नेकपा माओवादी केन्द्र पार्टी ससक्त रुपमा जनतामुखी भई काम गर्नुपर्ने सहभागीहरुको निष्कर्ष छ ।
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारीको नेतृत्वमा बसेको वैठकमा जिल्ला ईन्र्चार्ज तथा बागमति प्रदेश सरकारका आर्थिक योजना मन्त्री शालिकराम जम्कटेल,केन्द्रिय अनुशासन आयोगको सदस्य मोहन कार्की,केन्द्रिय सदस्य रामबहादुर भण्डारी,बागमति प्रदेश कमिटी सहसचिव दल बहादुर बुर्लाकोटी,उपत्यका प्रदेश विशेष समिति सह–सचिव सोम्वाले तामाङ(अक्कल),बागमति प्रदेश कमिटीका सदस्यहरु लगायत कार्यलय सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस